संसदको अवरोध अन्त्यका लागि अधिकताम प्रयास गर्छौ : माओवादी


१९:०६ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले संसदको गतिरोध अन्त्यका लागि अधिकतम प्रयास गर्ने जनाएको छ। आज बिहान बसेको पदाधिकारी बैठकले गतिरोध अन्त्यका लागि सिर्जनात्मक र रचनात्मक ढंगले प्रस्तुत हुने निर्णय गरेको हो।

‘हामी जिम्मेवार प्रतिपक्षको हिसाबले निकास निकाल्नका लागि अधिकतम जोड रहने छ,’ बैठकपछि पार्टी प्रवक्ता अग्नि सापकोटाले भने, ‘निकास निकाल्नका लागि सिर्जनात्मक, रचनात्मक ढंगले लाग्नेछौं ।’ आज विहानको वैठकपछि माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकलाई संसदमा बोल्न दिनुपर्ने संकेत गरेको छ । खुमलटारमा बसेको बैठकमा नेताहरुले गृहमन्त्रीलाई बोल्न दिएर जवाफ सुन्नुपर्ने धारणा राखेका छन्। माओवादीले सत्तापक्ष र विपक्षी दलहरूसँग सदनको अवरोध खुलाउने विषयमा छलफल गर्ने बताएको छ।

‘भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले जवाफ दिन्छु भनिरहनु भएको छ । यस्तो अवस्थामा उहाँलाई बोल्न दिएर कुराहरू सुन्नु पर्छ । उहाँका कुरामा चित्त बुझेन भने अरु प्रश्न गर्न पाइन्छ’, माओवादीका एक पदाधिकारीले भने, ‘घटना र उठेका विषयमा कस्तो जवाफ आउँछ भन्ने विषयलाई पनि ख्याल गर्नुपर्ने हुन्छ।’ माओवादी उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले सत्तापक्षमा रहेका राजनीतिक पार्टीसहित विपक्षीमा रहेका राजनीतिक पार्टीहरूसँग सदनको अवरोध खुलाउने विषयमा छलफल गर्ने बताए। 

‘दुवै पक्षसँग छलफल गर्नुपर्नेछ। आज त्यो कुराकानी हुन्छ’, पदाधिकारी बैठकपछि सापकोटाले भने, ‘हामी सकेसम्म यो महत्वपर्ण र गम्भीर विषय भएकाले छानबिनका लागि पनि वातावरण बनाउनु पर्छ र सदनमा छलफलको वातावरण पनि बनाउनु पर्छ भन्ने आजको छलफलको निष्कर्ष छ।’ भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा वा छानबिन समिति नबनेसम्म प्रतिनिधि सभा बैठक चल्न नदिने रास्वपाको अडान छ। उक्त अडानमा माओवादीले पनि साथ दिएकाले मंगलबार र बुधबारको बैठक सूचना टाँसेर स्थगित हुँदै आएको छ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७