वर्षा याममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह


१९:३४ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षायाममा चनाखो र सुरक्षित हुन सबैलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बाढी–पहिरो जस्ता विपत्तिको जोखिम हुने भएकाले चनाखो बन्न र सुरक्षित हुन आग्रह गरेका छन् ।

‘वर्षा याममा बाढी–पहिरो जस्ता विपत्तिको जोखिम बढी हुन्छ । विपद्बाट बच्न हर समय सजगता चाहिन्छ’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यससम्बन्धी प्रत्यक्ष सूचनाप्राप्त गरिरहने र सुरक्षित हुने उपाय अपनाउनु पर्छ । चनाखो बनौं, सुरक्षित रहौँ ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७