बौद्धमा टिपरले ठक्कर दिँदा एकको मृत्यु, फरार चालक काभ्रेबाट समातिए


१४:२७ बजे

काठमाडौं । काठमाडौँको बौद्धमा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित रामहिटीमा गए राति साढे ११ बजेतिर टिपरले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको हो । 

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दिपक गिरीका अनुसार बागमती प्रदेश–०१–००६ ख ५५०८ नम्बरको टिपरको ठक्करबाट ज्यान गुमाउने करिब ६५ वर्षीय पुरुषको सनाखत हुन बाँकी छ । ‘दुर्घटनापछि चालक टिपर लिएर भागेका थिए,’ एसपी गिरीले भने, ‘टिपर चालक काभ्रेको मण्डदनेउपुर नगरपालिका–६ घर भएका २८ वर्षीय अजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।’

दुर्घटनापछि भागेका चालकलाई मण्डनदेउपुरबाट पक्राउ गरेर काठमाडौँ ल्याउन लागिएको उनले जानकारी दिए । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७