टस जितेर ब्याटिङमा स्कटल्याण्ड, नेपाल पहिले फिल्डिङमा

स्कटल्यान्डविरूद्ध यस्तो छ नेपालको प्लेइङ–११


२०:३१ बजे

काठमाडौं । आईसीसी लिग–२ अन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। स्कटल्याण्डले टस जितेर ब्याटिङ रोजेपछि नेपाल पहिले फिल्डिङमा उत्रिने भएको हो। यसअघिका दुवै खेलमा पनि नेपालले पहिले फिल्डिङ नै गरेको थियो। पहिलो खेलमा स्कटल्याण्डले दिएको कीर्तिमानी २९७ रनको लक्ष्य नेपालले पूरा गरेको थियो । त्यस्तै नेपालले आफ्नो दोस्रो खेलमा नेदरल्याण्डस्ले दिएको २२६ को लक्ष्य नेपालले पूरा गरेको थियो। 

स्कटल्यान्डविरूद्ध यस्तो छ नेपालको प्लेइङ–११
खेलका लागि नेपाली टोलीमा कुनै परिवर्तन गरिएको छैन। नेदरल्यान्ड्सविरूद्ध खेलको टोलीलाई नै स्थान दिइएको छ।

नेपाली टोली 

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहितकुमार पौडेल (कप्तान), भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुल्सन झा, करण केसी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी ।

फोर्टहिल डन्डीमा नेपाली समयअनुसार खेल दिउँसो पौने ४ बजेदेखि सुरू हुनेछ। नेपालले स्कटल्यान्डविरूद्ध पहिलो खेलमा १ विकेटको रोमाञ्जक जित हासिल गरेको थियो। सिरिजमा नेपाल अपराजित छ । स्कटल्यान्डलाई पराजित गरेपछि नेदरल्याण्डविरूद्धको खेलमा पनि नेपाल ५ विकेटले विजयी भएको थियो। नेपालले सिरिजको अन्तिम खेल पुनः नेदरल्याण्डसँग आगामी बिहीबार खेल्नेछ । लिग–२ को अंक तालिकामा नेपाल १० अंकसहित सातौं स्थानमा छ। नेपालले अहिलेसम्म १४ खेल खेलेको छ। १६ खेल खेलेको युएई ६ अंकसहित पुछारमा छ । शीर्षस्थानको अमेरिकाले २० खेलबाट २८ अंक बनाएको छ।

दोस्रो स्थानमा नेदरल्यान्ड्स छ। उसले  २२ खेलबाट २६ अंक जोडेको छ । त्यस्तै तेस्रो स्थानको ओमानले २० खेलबाट २४ अंक, चौथो स्थानकोस्कटल्यान्डले १८ खेलबाट २२ अंक र पाँचौं स्थानको क्यानडाले २० खेलबाट २० अंक जोडेको छ। नेपालभन्दा एक स्थान माथि रहेको नामिबियाले २० खेलबाट १४ अंक जोडेको छ। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७