विदेशबाट फर्किएकाहरूलाई राज्यले आवश्यक सहयोग र सम्मान दिन सकेन : प्रचण्ड


१८:४६ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रिटर्नीहरू (विदेशबाट फर्किएका नागरिक) लाई राज्यले अपेक्षित सहयोग र सम्मान दिन नसकेको बताएका छन् । माओवादी निकट रिटर्नी सेन्टरको स्थापना दिवसको अवसरमा सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले राज्यले रिटर्नीहरूको भावना र योगदानको कदर गर्न नसकेको बताएका हुन्।

‘राज्यले रिटर्नीहरुलाई जुनस्तरको महत्व दिनुपर्ने र रिटर्नीको भावनालाई कदर गर्नुपर्ने हो त्यस्तो भएको छैन। तर हाम्रो पार्टी र हाम्रो पार्टीको नेतृत्वको सरकार भएको बेलामा हामीले राज्यको नीति कार्यक्रममा पनि र बजेट बत्तलव्यमा पनि रिटर्नी सेन्टर र रिटर्नीहरुलाई विशेष महत्व दिनुपर्छ भनेर नै रिटर्नी उद्यमशीलता कार्यक्रम भनेर एउटा प्याकेजमा नै कार्यक्रम अगाडि सार्ने हामीले जमर्को गर्‍यौं,’ उनले भने। अध्यक्ष प्रचण्डले माओवादी नेतृत्वको सरकार हुँदा यो क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए। ‘उहाँहरुले राज्यलाई गर्न खोज्नु भएको योगदानमा सहजीकरण पनि गर्नु पर्दछ भन्नेमा हामी क्लियर थियौँ । अहिले पनि स्पष्ट छौं । तर दुर्भाग्य के भयो भने हामीले छुट्याएको रकम पनि हामी सरकारबाट बाहिर गएपछि अन्यत्रै त्यो बजेट लगिएको भन्ने हामीले थाहा पाएका छौं,’ उनले भने।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७