संसद बैठक आधा घण्टाका लागि स्थगित


१८:४३ बजे
फाइल फोटो

काठमाडौं । प्रतिनिधिसभा बैठक आधा घण्टाको लागि स्थगित भएको छ । सुुरु हुनासाथ विपक्षी दलहरूको अवरोधपछि सभामुख देवराज घिमिरेले संसद बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन्। उनले गत जेठ १३ गतेदेखि अध्यागमनको विषयमा संसदमा निरन्तर आवाज उठिरहेको र त्यस विषयमा सहमतिको प्रयास पनि भइरहेको बताए । उनले सहमति टुंगोमा पुर्‍याउनका निम्ति आधा घण्टाका लागि बैठक स्थगित गरेको बताए ।

‘अध्यागमनको विषयमा भइरहेको छलफल टुंगोमा नपुगे पनि सहमतिको प्रयत्न भइरहेको र संसदको कार्यसूचीलाई लैजानुपर्ने गम्भीर्यतालाई हेरेर आधा घण्टाका लागि बैठक स्थगित भएको जानकारी गराउन चाहन्छु,’ उनले भने। रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएको छ भने माओवादी केन्द्रले मध्यमार्गी प्रस्तावको बाटोमा जानुपर्ने बताएको छ। आजै कांग्रेस सांसद पूर्णबहादुर खड्का र प्रमुख सचेतक श्यामकुमार घिमिरेले रास्वपा प्रमुख सचेतक सन्तोष परियारसँग छलफल गरेका थिए। तर, कांग्रेसले अख्तियारमा छानबिन भइरहेको विषयमा संसदीय समिति वा अर्को छानबिन समिति नबनाउने भनेपछि रास्वपा संसद्को अवरोध खुलाउन तयार नभएको हो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७