शीर्ष नेताले आत्मसमीक्षा गरी मार्ग प्रशस्त गर्नु पहिलो कदम : विन्दा पाण्डे


२०८२ असोज १२ आइतबार १५:५३ बजे

काठमाडौँ : नेकपा एमालेकी नेतृ विन्दा पाण्डेले जेनजी पुस्ताको माग र परिस्थितिअनुसार राजनीतिक दलका शीर्ष नेताहरूले मार्ग प्रशस्त गर्नु नै समाधानको पहिलो कदम हुने धारणा व्यक्त गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विचारमा पाण्डेले जेनजी पुस्ताको आक्रोश र उनीहरूले उठाएका प्रश्नहरूलाई बुझ्न व्यक्तिगत र सामाजिक स्तरमै संवाद सुरु गर्नुपर्ने आवश्यकता औँल्याएकी छन् ।

‘जेनजी आन्दोलनले उठान गरेका विषय र उनीहरूको भावना बुझ्न हरेकले आफ्नो परिवार, आफन्त र छिमेकका युवाहरूको कुरा धैर्यतापूर्वक सुन्ने मात्र पनि ठूलो थालनी हुन्छ,’ पाण्डेले लेखेकी छन् ।

उनले युवाहरूको आक्रोशको पहिलो लक्ष राजनीतिक नेतृत्व नै भएको उल्लेख गर्दै ‘ठूला दलका शीर्ष नेताहरूले आत्मसमीक्षा गरी मार्ग प्रशस्त गर्नु पहिलो र आवश्यक कदम हो’ भनेकी छन् ।

युवाहरूको बुझाइ परिपक्व छ भन्ने कुरा देखिसकिएको उल्लेख गर्दै उनी थप्छिन्, ‘जिम्मेवारीमा सक्षम र कुशल बनाउने काम हाम्रो पुस्ताको पनि हो ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७