५६ जेनजी घाइतेले पाए परिचयपत्र
काठमाडौँ : गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई नेपाल सरकारले परिचयपत्र वितरण थालेको छ।
आइतबार मात्रै राष्ट्रिय ट्रमा सेन्टरमा तीन जना घाइतेलाई यस्तो परिचयपत्र वितरण गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता मुक्तिराम रिजालका अनुसार हालसम्म ५६ जना घाइतेलाई परिचयपत्र वितरण गरिनुका साथै प्रति व्यक्ति २० हजार रुपैयाँ राहत उपलब्ध गराइएको छ ।
प्राप्त जानकारीअनुसार बाँकी घाइतेहरूलाई पनि चाँडै कार्ड वितरण गर्ने तयारी भइरहेको छ। आन्दोलनका क्रममा घाइते भएकाहरूको पहिचान, उपचार र राहत सुनिश्चित गर्न सरकारले यो प्रक्रिया अघि बढाएको हो।
.gif)

.png)

