बंगलादेश र म्यानमारमा जस्तो चुनाव नगरी सत्ता लम्ब्याउने खेल सुरु : ओली

नेपालमा पनि चुनावको मिति सारेर शासन दीर्घकालीन बनाउन खोजिँदैछ


२०८२ कार्तिक २३ आइतबार १६:४१ बजे

काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अधिनायकवादी प्रवृत्तिहरू देखिन थालेको बताएका छन्।

काठमाडौँमा आयोजित राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समिति बैठकमा बोल्दै उनले बंगलादेश र म्यानमारमा जस्तै चुनावको मिति सारेर शासन दीर्घकालीन लम्ब्याउने खेल नेपालमा पनि प्रयास भइरहेको दाबी गरे।

अध्यक्ष ओलीका अनुसार अधिनायकवाद सुरु हुने ठाउँमा चुनाव गराउने घोषणा त गरिन्छ, तर मिति पटक-पटक सारिँदै जान्छ । उनले उदाहरणका रूपमा म्यानमारमा ६ वर्ष र बंगलादेशमा डेढ वर्षदेखि चुनाव स्थगित भएको उल्लेख गर्दै नेपालमा पनि त्यस्तै अवस्था सिर्जना गर्न खोजिएको बताएका हुन् । 

उनले देशलाई पुनः द्वन्द्व, तनाव र पारस्परिक घृणातर्फ धकेल्ने प्रयास भइरहेको भन्दै त्यसबाट सचेत रहन सबैलाई आग्रह गरे । यस्तो परिस्थिति राष्ट्रका लागि हानिकारक हुने उनको भनाइ छ । 

त्यस क्रममा उनले जेनजीको नाममा देशलाई अस्थिरतामा तान्ने प्रयास भइरहेको भन्दै यसले राजनीतिक स्थायित्व र लोकतान्त्रिक प्रणालीमा नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी पनि दिएका छन् । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७