वेबसाइटमा सुरक्षा जोखिम देखिएपछि बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको सतर्कता


२०८३ कार्तिक ७ शुक्रबार ०९:५६ बजे
फाइल फोटो

काठमाडौं : वेबसाइटमा गम्भीर सुरक्षा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई साइबर सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ। 

केन्द्रीय बैंकले आफ्ना वेबसाइटलगायतका सेवा पनि अस्थायी रूपमा बन्द गरेको जनाएको छ। राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै वेब प्रविधि ‘पीएचपी’मा देखिएको सुरक्षा जोखिमलाई ध्यानमा राखेर यस्तो कदम चालेको जानकारी दिएको हो।

सेवा अस्थायी रूपमा बन्द रहेकाले बैंकसँग सम्बन्धित अत्यावश्यक सूचना तथा जानकारी प्राप्त गर्न राष्ट्र बैंकले आफ्ना आधिकारिक सामाजिक सञ्जाल प्रयोग गर्न अनुरोध गरेको छ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई साइबर सुरक्षामा विशेष ध्यान दिन, आवश्यक सुरक्षा सतर्कता अपनाउन र प्रयोगमा रहेका प्रणालीलाई सुरक्षित बनाउन आग्रह गरेको छ।

त्यसैगरी, सम्भावित साइबर आक्रमणबाट जोगिन नियमित सुरक्षा निगरानी बढाउन पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सुझाव दिएको छ।

वेबसाइट तथा डिजिटल सेवामा निर्भरता बढिरहेका बेला देखिएको यस जोखिमले वित्तीय क्षेत्रका सूचना प्रविधि प्रणालीको सुरक्षा र निगरानीलाई थप महत्त्वपूर्ण बनाएको छ।

हेर्नूहोस् सूचनाः

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७