सुनकोशी नदीमा जलसतह सतर्कता तह पार
तल्लो तटीय क्षेत्रमा सतर्क रहन आग्रह
काठमाडौं : सुनकोशी नदीमा जलसतहले सतर्कता तह पार गरेको छ। बाढी पूर्वानुमान महाशाखाले नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको अद्यावधिक विवरणअनुसार सिन्धुलीको खुर्कोटस्थित जलमापन केन्द्रमा सुनकोशी नदीको जलसतह सतर्कता तह पार गरेको हो।
जलसतह बढेसँगै सुनकोशी नदीको तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम बढेकाले नदी आसपास तथा तल्लो तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अपिल गरेको छ। महाशाखाले नदीको जलसतहमा भइरहेको परिवर्तनलाई निरन्तर निगरानी गरिरहेको जनाएको छ।
.gif)

.png)

