इन्धनको मूल्य यथावत्, निगमलाई १५ दिनमा १ अर्ब २४ करोड घाटा


२०८३ भदौ १७ बुधबार ०७:३६ बजे
फाइल फोटो

काठमाडौं : इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले इन्धनको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ।

भोटेकोसी नदीमा आएको असाधारण बाढी तथा त्यसपछि उत्पन्न विषम परिस्थितिलाई ध्यानमा राख्दै निगम सञ्चालक समितिले उपभोक्तालाई थप भार नपार्ने गरी हालकै मूल्य कायम राख्ने निर्णय गरेको हो।

आईओसीबाट भदौ १५ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ३४ पैसा, डिजेल ४ रुपैयाँ ३३ पैसा, मट्टितेल १० रुपैयाँ १९ पैसा र हवाई इन्धन ४ रुपैयाँ ९६ पैसा बढेर आएको थियो। एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर ३५ रुपैयाँ ६२ पैसा बढेर आएको निगमले जनाएको छ।

तर बाढीपहिरोका कारण नागरिकले भोगिरहेको असहज अवस्थालाई मध्यनजर गर्दै निगमले भदौ १७ गते बिहान १२ः०१ बजेदेखि लागू हुने गरी साबिककै खुद्रा बिक्री मूल्य कायम राख्ने निर्णय गरेको हो।

यस्तै, पोखरा र भैरहवाका लागि अन्तर्राष्ट्रिय हवाई इन्धन भने ‘ब्रेकइभेन पोइन्ट’ मा बिक्री गरिने निगमले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि उपभोक्ताको सुविधाका लागि बिक्री मूल्य नबढाउँदा निगमले आगामी १५ दिनमा करिब १ अर्ब २४ करोड ५७ लाख रुपैयाँ घाटा व्यहोर्नुपर्ने जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७