भोटेकोशी बाढीः हालसम्म १ हजार १२७ को मृत्यु

९११ शवको विवरण प्रहरी वेबसाइटमा


२०८३ भदौ १७ बुधबार ०८:४० बजे
फाइल फोटो

काठमाडौं : रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बुधबार बिहान ५ बजेसम्म १ हजार १ सय २७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार अझै ४ हजार ८ सय ५८ जना बेपत्ता छन्।

फेला परेका शवमध्ये रसुवामा ४५, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, पूर्वी नवलपरासीमा २१७, पश्चिम नवलपरासीमा १९० र भारतमा ९ जनाको शव फेला परेको छ। प्रहरीका अनुसार फेला परेका शवमध्ये १ हजार १ सय १३ वटाको लासजाँच मुचुल्का सम्पन्न भएको छ भने ९५ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ।

पहिचान हुन नसकेका ९११ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत सार्वजनिक गरिएको प्रहरीले जनाएको छ। आफन्तले शव पहिचान गर्न सहज होस् भन्ने उद्देश्यले विवरण सार्वजनिक गरिएको हो। 

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कामका लागि हालसम्म ७ हजार ९१२ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ६ हजार ५४१ जनाको उद्धार गरिएको छ।

प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका परिवारलाई सुरक्षित स्थानमा सार्नुका साथै स्थानीयवासी र अन्य निकायसँगको समन्वयमा खोज तथा उद्धार कार्य जारी राखेको छ। यस्तै, बाढीका कारण अवरुद्ध भएका विभिन्न स्थानका सडक तथा बाटो खुलाउने कामसमेत भइरहेको नेपाल प्रहरीले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७