सुनकोशीमा कार खस्दा तीन जना बेपत्ता, खोजीका लागि गोताखोर परिचालन


२०८३ श्रावण १८ सोमबार १५:४६ बजे

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा कार सुनकोशी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्।

प्रारम्भिक जानकारीअनुसार खोटाङबाट काठमाडौंतर्फ आउँदै गरेको कारलाई काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ०८.००१०.०१४४ नम्बरको बसले ठक्कर दिएपछि कार सडकबाट करिब ३० मिटर तल सुनकोशी नदीमा खसेको हो।

दुर्घटनापछि बेपत्ता यात्रुको खोजीका लागि विपद् व्यवस्थापन बेस खुर्कोटबाट सशस्त्र प्रहरी निरीक्षक निरेन्द्र गुरुङको नेतृत्वमा गोताखोरसहितको टोली परिचालन गरिएको छ। नेपाल प्रहरीको टोली पनि उद्धार तथा खोजी कार्यमा खटिएको छ।

कारमा सवार फिक्कल गाउँपालिका–५ का पूर्णबहादुर तामाङ, गोलन्जोर गाउँपालिका–१ का २८ वर्षीय गणेश थापा र परिचय नखुलेका अर्का एक जना बेपत्ता रहेको सशस्त्र प्रहरीले जनाएको छ। सुरक्षा निकायले नदीमा खसेको कार र बेपत्ता यात्रुको खोजी कार्य जारी रहेको जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७