१११३ को शव भेटियो, ४८५८ बेपत्ता

९११ जनाको पहिचान हुन बाँकी


२०८३ भदौ १७ बुधबार १०:४२ बजे

काठमाडौं :  भोटेकोशी–त्रिशूली बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ११३ पुगेको छ। नेपाल प्रहरीका अनुसार बुधबार बिहानसम्म बाढीमा परेका १ हजार ११३ जनाको शव फेला परेको हो।

प्रहरीका अनुसार फेला परेका शवमध्ये ३१ जना बालक, ४४ जना बालिका, २२४ जना महिला र ३९५ जना पुरुष छन्। यस्तै ४२३ वटा शवको लिंग पहिचान हुन सकेको छैन।

फेला परेका शवमध्ये ९५ जनाको सनाखत गरी परिवारलाई बुझाइएको छ भने ९११ जनाको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ। बाँकी संख्याबारे विवरण अद्यावधिक प्रक्रियामा रहेको देखिन्छ।

यसैगरी, बाढीमा परी हालसम्म ४ हजार ८५८ जना सम्पर्कविहीन रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सम्पर्कविहीन हुनेमा ४ हजार २७५ जना नेपाली नागरिक र ५८३ जना विदेशी नागरिक रहेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७