लोकसेवा उतिर्ण दरमा निरक्षर अभिभावकका छोराछोरीको वर्चश्व
काठमाडौँ : लोकसेवा आयोगको ६६औँ वार्षिक प्रतिवेदन अनुसार धेरैजसो कृषि पेशामा संलग्न र निरक्षर अभिभावकका छोराछोरीले आयोगको परीक्षा पास गरेका छन् ।
प्रतिवेदनअनुसार परीक्षा पास गरी सिफारिस भएका उम्मेदवारका आमा ३३ प्रतिशत र बुबा १६ प्रतिशत निरक्षर छन् । प्राथमिक शिक्षा पढेका अभिभावकको अनुपात भने उच्च छ । सिफारिस भएका उम्मेदवारमध्ये ४८ प्रतिशत आमा र ४१ प्रतिशत बुबा प्राथमिक शिक्षा प्राप्त छन् ।
उच्च शिक्षा पढेका अभिभावकको सङ्ख्या तुलनात्मक रूपमा कम रहेको प्रतिवेदनले देखाएको छ । बुबामा २० प्रतिशत र आमामा १६ प्रतिशत उच्च शिक्षा प्राप्त रहेको उल्लेख छ ।
उम्मेदवारले अनलाइन दरखास्त प्रणालीमा उल्लेख गरे अनुसार सिफारिस भएका ६७.१७ प्रतिशत उम्मेदवारका अभिभावकको मुख्य पेशा कृषि रहेको देखिएको छ ।
सरकारी सेवामा रहेकाको हकमा १७ प्रतिशतमात्रै रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार सिफारिस भएका उम्मेदवारको अभिभावकको पेशामा व्यापारमा करिब ९ प्रतिशत, श्रममा करिब ३, शिक्षणमा २.३१ र व्यवसायमा ०.८५ प्रतिशत रहेको छ।
.gif)

.png)


