डाँका समूहको प्रतिकार गर्न खोज्दा गोली प्रहार, बाबु–छोरा गम्भीर घाइते
सिरहा : सिराहामा डाँका समूहको गोली प्रहारबाट बाबु–छोरा घाइते भएका छन् ।
सिराहाको कल्याणपुर नगरपालिका–१२ बेलहाका ४२ वर्षीय वीरेन्द्र कुमार महतो र उनका छोरा २२ वर्षीय छोरा अनिल कुमार महतो गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रमेश बहादुर पालका अनुसार मध्यराति आएका डाँका समूहले लुटपाट गर्न खोजेको भन्दै प्रतिकार गर्न खोज्दा गोली प्रहार भएको थियो ।
दुवै जनालाई छातीमा गोली लागेको छ। उनीहरू दुवै जनालाई उपचारका लागि विराटनगर लगिएको डीएसपी पालले बताए ।
.gif)

.png)

