बारामा जेनजीले तोडफोड गरेपछि ओली आक्रोशित


२०८२ मङ्सिर ३ बुधबार १५:२१ बजे

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सभा सम्मेलन र सार्वजनिक कार्यक्रममै अवरोध पुर्‍याइरहँदा स्वतन्त्र र निष्पक्ष चुनाव गराउँछ भन्नेमा विश्वास गर्न नसकिने बताएका छन् ।

काठमाडौँमा बुधबार एमाले स्थानीय विकास विभागले आयोजना गरेको भेलामा बोल्दै उनले बाराको सिमरामा भएको घटनालाई उदाहरण प्रस्तुत गर्दै निर्वाचन हुन नसक्ने बताएका हुन् ।

उनका अनुसार सिमरामा आयोजित युवासम्बन्धी कार्यक्रमका क्रममा विमानस्थल नै अवरुद्ध बनाइएपछि एमालेका नेताहरू त्यहाँ पुग्न सकेनन् ।

बाराको सिमरामा जेनजीहरूले गरेको अवरोधप्रति लक्षित गर्दै उनले भने, ‘बारामा हाम्रो युवा भेला थियो । सिमरा एयरपोर्ट बन्द भयो । हाम्रा नेताहरू जान पाउनुभएन । जानबाट रोकियो । एयरपोर्टमै तोडफोड गर्न दिइयो । ५०-६० जना मान्छे आएर ढुंगामुढा गरेर एयरपोर्ट नै बन्द गराइदिने ? के हो यस्तो ? अनि भन्छ चुनाव गर्ने रे ? सभा गर्न नदिनेले चुनाव कसरी गर्छ ?’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७