ओलीले गरे धादिङ र नुवाकोटका बाढी प्रभावित क्षेत्रको अवलोकन


२०८३ भदौ १७ बुधबार १८:०० बजे

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बाढीबाट बढी प्रभावित धादिङको गल्छी क्षेत्रको स्थलगत अवलोकन गरेका छन्। अवलोकनका क्रममा ओलीले बाढीपीडित स्थानीयवासीसँग भेटेर उनीहरूका गुनासा तथा समस्या सुनेका थिए। 

गल्छीमा राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, जीफिन्ट, प्रवासी नेपाली मञ्च (ONF) लगायत एमालेनिकट संघ–संगठन उद्धार तथा राहत कार्यमा सक्रिय छन्। ओलीले त्यसपछि नुवाकोटको बेलकोटगढी नगरपालिकाका बाढी प्रभावित केही स्थानको समेत स्थलगत अवलोकन गरेका छन्। बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाको अवस्थाबारे जानकारी लिन ओली स्थलगत निरीक्षणमा पुगेका हुन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७