ओलीले टुंग्याए पदाधिकारीको टीम, प्रदीप ज्ञवाली र लेखराज भट्टको असन्तुष्टि
काठमाडौं : नेकपा एमालेको जारी ११औँ महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी उम्मेदवारको टुंगो लगाएका छन् ।
अध्यक्षमा ओली आफैं दोहोरिँदा महासचिवमा पनि शंकर पोखरेल नै उम्मेदवारी दिने निश्चित भएको छ ।
स्रोतका अनुसार उपाध्यक्षमा रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, गुरु बराल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङले उम्मेदवारी दिँदै छन् ।
यस्तै, उपमहासचिवमा भानुभक्त ढकाल, विष्णु रिमाल र रघुवीर महासेठको नाम टुंगो लागेको छ ।
लेखराज भट्ट, छविलाल विश्वकर्मा, पद्मा अर्याल, यमलाल कँडेल, राजन भट्टराई, हिक्मत कार्की, महेश बस्नेत, शेरधन राई र खगराज अधिकारी सचिवमा उम्मेदवारी दिँदै छन् ।
स्रोतका अनुसार अध्यक्ष ओलीले तयार पारेको सूचीमा प्रदीप ज्ञवाली र लेखराज भट्टले भने असन्तुष्टि जनाएका छन् ।
ज्ञवालीलाई उपाध्यक्षको सूचीमा राखिए पनि उनले महासचिवमा दाबी छोडेका छैनन्। महासचिव नपाए केन्द्रीय सदस्यमा मात्र उठ्ने चेतावनी उनले दिएका छन्।
त्यस्तै, सचिवको सूचीमा राखिएका लेखराज भट्टले आफू सचिवमा नलड्ने र उपमहासचिव पाउनुपर्ने अडान राखेका छन्।
.gif)

.png)


