झापा–५ बाट केपी शर्मा ओलीको एकल नाम सिफारिस
ओली अघिल्ला दुई निर्वाचनमा पनि झापा–५ बाट निर्वाचित भएका थिए
काठमाडौँ : प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट एकल सिफारिस भएको छ ।
शनिबार बसेको नेकपा एमाले झापा निर्वाचन क्षेत्र नम्बर ५ को क्षेत्रीय समन्वय समितिको बैठकले ओलीको नाम सर्वसम्मत सिफारिस गरेको जिल्ला कमिटीका सचिव तुलसी कार्कीले जानकारी दिए।
उनका अनुसार आगामी निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा ओलीको एकल नाम सिफारिस गरिएको हो। प्रतिनिधिसभा निर्वाचनका लागि आगामी फागुन २१ गते मिति तोकिएको छ।
निर्वाचन नजिकिँदै जाँदा दलहरूले विभिन्न निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गरिरहेका छन् । ओली यसअघि २०७४ र २०७९ सालको निर्वाचनमा पनि झापा–५ बाट उम्मेदवार बनेर निर्वाचित भएका थिए ।
.gif)

.png)

