ओलीसँग एउटै मञ्चमा उभिनु ७६ जना बच्चाको आत्माले मान्दैन: बालेन शाह
काठमाडौंः एमाले अध्यक्षसँग एउटै मञ्चमा उभिनु हत्या भएको ७६ जना जेन्जीको आात्माले नमान्ने टिप्पणी नेता बालेन्द्र शाहले गरेका छन् । आफ्नो सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन् ।
एमाले अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्ट्याटसमा कमेन्ट गर्दै बालेनले भनेका छन्, ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ भनी लेखेका छन्।
बालेनले लेखेका छन्, आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईँहरूलाई नै थाहा थियो, तपाईँहरूले आफैँ २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गते जलाएको हो आफूलाई आतङ्कवादी चाहिँ कहिले स्विकार्ने हो ? त्यो पछि अरू कुरा गरौँला ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।
यस अघि भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा चुनावमा होमिएका नेताबिच पब्लिक डिबेट हुनुपर्ने माग भइरहेको समयमा ओलीले आइतबार बिहान यसका लागि आफू तयार भएको बताएका थिए । ओली र बालेनले झापा ५ बाट चुनावी भिडन्त गर्दै छन् । यस विषयमा कांग्रेस सभापति गगन थापाको अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

.gif)

.png)

