निर्वाचन सुरक्षा सुनिश्चित गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
काठमाडौँ : सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि कमीकमजोरी नगरी सुरक्षा व्यवस्था गर्न सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
माघ ११ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित बैठकमा, विभिन्न कार्यालयहरूमा प्रमुखको जिम्मेवारीमा खटिन लागेका अधिकृतहरूलाई महानिरीक्षक अर्यालले सुरक्षा व्यवस्थामा उच्च व्यावसायिक प्रदर्शन गर्न निर्देशन दिएका हुन् ।
उनले निर्वाचन लक्षित सुरक्षा कारबाही तीव्र र प्रभावकारी ढङ्गले कार्यान्वयन गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्।
.gif)

.png)




