पेट्रोल र डिजेलको मूल्य फेरि बढ्यो, आज मध्यरातदेखि लागू


२०८२ फाल्गुण ३ आइतबार २०:३० बजे

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेल/मट्टीतेलको खुद्रा बिक्री मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

निगम सञ्चालक समितिको मिति २०८२ फागुन ३ गते बसेको बैठकको निर्णयअनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर २ रुपैयाँ र डिजेल/मट्टीतेल प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरिएको हो । 

नयाँ मूल्यअनुसार पहिलो वर्गका क्षेत्रमा पेट्रोल प्रतिलिटर १५५ रुपैयाँ, दोस्रो वर्गमा १५६ रुपैयाँ र तेस्रो वर्गमा १५७ रुपैयाँ कायम गरिएको छ। यस्तै, डिजेल तथा मट्टीतेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १३९ रुपैयाँ, दोस्रो वर्गमा १४१ रुपैयाँ र तेस्रो वर्गमा १४२ रुपैयाँ पुगेको छ।

यसअघि पेट्रोलको मूल्य क्रमशः १५३, १५४ र १५५ रुपैयाँ तथा डिजेल/मट्टीतेलको मूल्य १३६, १३८ र १३९ रुपैयाँ थियो।

निगमका अनुसार कार्यालय वा डिपोबाट १५ किलोमिटरको दूरीका आधारमा देशलाई तीन वर्गमा विभाजन गरी मूल्य निर्धारण गरिएको हो। पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ रहेका छन् भने तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायल समेटिएका छन्।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि देशभित्र पनि मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७