डिजेलको मूल्य घटाउन ट्रम्पले ल्याए कर छुटसम्बन्धी कार्यकारी आदेश


२०८३ असोज २० मंगलबार ०८:३९ बजे

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिजेलको बढ्दो मूल्यबाट राहत दिन कर छुटसम्बन्धी व्यवस्था लागू गर्ने उद्देश्यले कार्यकारी आदेश जारी गरेका छन्।

सोमबार जारी गरिएको आदेशअनुसार कर छुट दिइएको डिजेल अर्थात् ‘रेड–डाइड डिजेल’लाई अस्थायी रूपमा राजमार्गमा चल्ने सवारीसाधनमा समेत प्रयोग गर्न अनुमति दिइनेछ। 

यसबाट ट्रक चालक, किसान तथा निर्माण क्षेत्रमा प्रयोग हुने डिजेलको लागत घट्ने अपेक्षा गरिएको छ। 

ह्वाइट हाउसका अनुसार वर्षको अन्त्यसम्म राजमार्गमा प्रयोग हुने ‘रेड–डाइड डिजेल’मा लाग्ने संघीय करको भुक्तानी स्थगित गरिनेछ। 

अमेरिकामा राजमार्गमा प्रयोग हुने डिजेलमा हाल प्रतिग्यालेन २४.४ सेन्ट संघीय कर लाग्छ। राज्यअनुसार लाग्ने कर भने औसत प्रतिग्यालेन ३५.५ सेन्ट रहेको छ।

अमेरिकामा पछिल्लो समय डिजेलको मूल्य उल्लेख्य रूपमा बढेको छ। सेप्टेम्बर २२ मा राष्ट्रिय औसत मूल्य प्रतिग्यालेन ६.५३ डलरसम्म पुगेको थियो। सोमबार भने डिजेलको राष्ट्रिय औसत मूल्य ६.३२ डलर रहेको थियो।

ट्रम्पले कर छुटको व्यवस्थाले ढुवानी तथा खाद्यान्नलगायत विभिन्न वस्तुको लागत घटाउन सहयोग पुग्ने बताएका छन्।

यद्यपि ऊर्जा विज्ञहरूले भने कर छुटबाट तत्काल केही राहत मिल्न सक्ने भए पनि विश्वव्यापी रिफाइनरी अभावका कारण बढिरहेको डिजेलको मूल्यको मूल समस्या यसबाट समाधान नहुने बताएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७