चीनले पठायो डिजेल जेनेरेटरदेखि डीएनए परीक्षण उपकरण (फोटोसहित)


२०८३ भदौ २६ शुक्रबार १६:०१ बजे
तस्बिरहरूः फोटो सर्भिस नेपाल

काठमाडौं : चीनले नेपाललाई उपलब्ध गराएको आपतकालीन सहायता सामग्रीको पाँचौँ खेप शुक्रबार काठमाडौं आइपुगेको छ। चिनियाँ वायुसेनाको Y-20 विमानमार्फत ल्याइएको राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो। 

विपद्पछि नेपालमा खोज, उद्धार तथा राहत अभियान जारी रहेका बेला तत्काल आवश्यक पर्ने सामग्रीलाई प्राथमिकतामा राखेर चीनले उक्त सहायता पठाएको हो। सहायता सामग्री हस्तान्तरण समारोहमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र नेपालका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन सहभागी थिए।

चीनबाट आएको पाँचौँ खेपमा डिजेल जेनेरेटर, मेडिकल सुरक्षात्मक मास्क, भण्डारण क्याबिनेट, डीएनए परीक्षण उपकरण तथा अभिकर्मक र पानी उद्धार सामग्रीलगायत रहेका छन्। 

विशेषगरी बाढी तथा पहिरोमा परी ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि आवश्यक डीएनए परीक्षण सामग्री तथा उद्धार कार्यमा प्रयोग हुने उपकरणले आगामी खोज तथा व्यवस्थापन अभियानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। नेपालमा विपद्पछिको राहत, उद्धार तथा व्यवस्थापन कार्य जारी रहेका बेला चीनबाट प्राप्त थप सामग्रीले प्रभावित क्षेत्रमा आवश्यक उपकरण तथा स्वास्थ्य सुरक्षासम्बन्धी सामग्रीको उपलब्धता सहज बनाउने अपेक्षा गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७