यस्तो छ आज देशभरको मौसम
काठमाडौं : देशभर आज मौसममा सामान्य बदली रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हिमाली तथा पहाडी भू–भागमा बादल लाग्ने र केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
दिउँसो गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बदली रहनेछ। गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। अन्य पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा पनि यस्तै मौसमीय गतिविधि देखिन सक्ने जनाइएको छ।
तराई क्षेत्रमा भने हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदली कायम रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ।
चट्याङ, हावाहुरी तथा वर्षाका कारण दैनिक जनजीवनसँगै सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले सर्वसाधारणलाई आग्रह गरेको छ।
.gif)

.png)

