वर्षौं भाडा नतिर्ने भृकुटीमण्डपका २० सटलमा तालाबन्दी


२०८२ चैत ३० सोमबार १६:१५ बजे
भृकुटीमण्डप एक नम्बर प्रवेशद्वारको फाइल फोटो

काठमाडौँ : समाज कल्याण परिषद्अन्तर्गत भृकुटीमण्डप क्षेत्रमा भाडामा लिइएका सटलमध्ये वर्षौँदेखि भाडा नतिर्ने २० वटा सटलमा तालाबन्दी गरिएको छ। सुरक्षाकर्मीको सहयोगमा परिषद्का कर्मचारीले  सोमबार ती सटलमा ताला लगाएका हुन्।

परिषद्का अनुसार भाडा नतिर्ने कुल ५६ सटलमध्ये पहिलो चरणमा २० वटामा तालाबन्दी गरिएको हो।  भाडा बक्यौतामा सबैभन्दा बढी रकम काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको रहेको छ । उक्त संस्थाले स्टल नम्बर ६८ का लागि १ करोड ७६ लाख ७० हजार २८१ रुपैयाँ र स्टल नम्बर ३४ का लागि १ करोड १३ लाख ५३ हजार ९५ रुपैयाँ तिर्न बाँकी रहेको जनाइएको छ।

राष्ट्रिय अपांग महासंघले १ करोड १६ लाख ३२ हजार २७ रुपैयाँ भाडा तिरेको छैन भने बालबालिकाका लागि गैरसरकारी संस्था महासंघ नेपाल (स्टल नम्बर ७४) ले ८९ लाख ९० हजार ७४६ रुपैयाँ बक्यौता राखेको छ।

नेकपा एमालेनिकट अनेरास्ववियु (अखिल) ले स्टल नम्बर ६० र ६१ भाडामा लिएर २०७७ सालदेखि हालसम्म भाडा नतिरेको परिषद्ले जनाएको छ।

त्यस्तै नेपाल राष्ट्रिय मानव अधिकार संरक्षण मञ्चले २१ लाख ८५ हजार ९५७ रुपैयाँ भाडा तिर्न बाँकी छ।  रिपोर्टर्स क्लब नेपालले ७३ लाख ४० हजार ९० रुपैयाँ नतिरेपछि सो सटलमा पनि तालाबन्दी गरिएको छ।

उपभोक्ता मञ्च नेपालले ४५ लाख ५७ हजार ९०७ रुपैयाँ, लोकतान्त्रिक सहिद तथा घाइते समाजले १४ लाख ६१ हजार ३७० रुपैयाँ, नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले ३३ लाख ७ हजार ४२१ रुपैयाँ भाडा तिर्न बाँकी रहेको परिषदले जनाएको छ ।  

सेन्थेसिस एक्जिबिसन एण्ड इभेन्ट्सले १० लाख रुपैयाँ, मनकला श्रेष्ठ जुत्ता पसलले ७ लाख ४६ हजार २३ रुपैयाँ, टीकाराम सिटौला जुत्ता पसलले ११ लाख ८० हजार ६२५ रुपैयाँ र कृष्णप्रसाद लामिछाने जुत्ता पसलले ८ लाख ९८ हजार १६३ रुपैयाँ तिर्न बाँकी छ । 

यस्तै यशोदाकुमारी सेठी खाजा पसलले १० लाख ५९ हजार १५६ रुपैयाँ, हरि हमात्य खाजा पसलले ५ लाख १५ हजार ६६४ रुपैयाँ, नारायणकुमारी निरौला खाजा पसलले २ लाख ७३ हजार १३ रुपैयाँ, बुद्धिराम भुसाल खाजा पसलले ६ लाख ८७ हजार ७३४ रुपैयाँ, मञ्जु तिमिल्सिना खाजा पसलले ९ लाख ७ हजार ७१० रुपैयाँ र चित्रबहादुर पण्डित क्षेत्री खाजा पसलले २ लाख १९ हजार ५६७ रुपैयाँ भाडा नतिरेका छन्। नेपाल फोटो पत्रकार महासंघले पनि २० लाख ६८ हजार रुपैयाँ भाडा नतिरेपछि सो सटलमा तालाबन्दी गरिएको परिषद्ले जनाएको छ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७