राजनीतिमा युवाको बढ्दो भूमिका उत्साहजनक : पूर्वराजा


२०८२ चैत ३० सोमबार १६:४३ बजे

काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाहले राज्य सञ्चालन र राजनीतिमा युवा पुस्ताको बढ्दो संलग्नता उत्साहजनक भएको बताएका छन् । नयाँ वर्ष २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिँदै उनले  देशलाई प्रगतिपथमा अघि बढाउन शिक्षित, देश बुझेका र आधुनिक प्रविधिमा पोख्त युवाहरूको भूमिका महत्वपूर्ण हुने बताएका हुन् । 

शाहले पछिल्ला वर्षहरूमा देश अपेक्षित विकासको साटो पछाडि धकेलिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। राजनीतिक तथा प्रशासनिक प्रणालीमा भएका परिवर्तनहरू सतही मात्र भएको र दलीय खिचातानीका कारण राष्ट्रको समृद्धि ओझेलमा परेको उनको भनाइ छ।

उनले देशको आर्थिक अवस्था सुधार गर्न छिमेकी राष्ट्र र अन्तर्राष्ट्रिय मित्रहरूसँगको सम्बन्ध सुदृढ बनाउनु आवश्यक रहेको उल्लेख गरेका छन्। परनिर्भरता घटाउँदै आत्मनिर्भर र स्वाधीन बन्नुपर्नेमा जोड दिएका छन्। देशका स्रोत र साधनको उचित उपयोग गर्दै धर्म, संस्कृति र मौलिक पहिचानको संरक्षण गर्नुपर्ने उनको धारणा छ।

उनले निषेध, फुट, द्वन्द्व र विद्रोहले मुलुकलाई कमजोर बनाउने उल्लेख गर्दै आपसी मतभेद त्यागेर संवाद, सहमति र सहकार्यबाट समाधान खोज्न सबै पक्षलाई आह्वान गरेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७