काठमाडौँमा एकैदिन १६८७ चालक कारबाहीमा : २० लाखभन्दा बढी राजस्व सङ्कलन

राइड सेयरिङ नियम विपरीत चलाउने १६३ जना चालक प्रहरीको कारबाहीमा


२०८३ बैशाख ३० बुधबार ०९:५७ बजे

काठमाडौँ: काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टाभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ६८७ जना सवारी चालक प्रहरीको कारबाहीमा परेका छन्। ट्राफिक प्रहरीको यस कारबाहीबाट एकै दिन राज्यकोषमा २० लाख ३१ हजार ५०६ रुपैयाँ राजस्व सङ्कलन भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेहरूमा सबैभन्दा बढी अन्य विविध नियम मिच्ने ८०४ जना छन्। त्यसैगरी, पछिल्लो समय चर्चामा रहेको 'राइड सेयरिङ' नियम विपरीत चलाउने १६३ जना र ट्राफिक बत्तीको इशारा नमानी सवारी चलाउने १४२ जनालाई पनि कारबाही गरिएको छ।

प्रहरीको तथ्याङ्क अनुसार एकतर्फी (वान-वे) सडकमा सवारी हाक्ने १२१, तीव्र गतिमा सवारी चलाउने ११७ र मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ८५ जना चालक पनि कारबाहीको घेरामा परेका छन्। सडक पेटीमा पार्किङ गर्ने ९८, निषेधित क्षेत्रमा हर्न बजाउने ८६ र लेन अनुशासन पालना नगर्ने ६६ जनालाई समेत जरिवाना गरिएको छ। उपत्यकामा बढ्दो सडक दुर्घटना न्यूनीकरण र यातायात व्यवस्थापनलाई चुस्त बनाउन ट्राफिक प्रहरीले कडा निगरानी गरिरहेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७