२४ घण्टामा ८४१ सवारी चालक ट्राफिक कारबाहीमा
काठमाडौं : काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ जना सवारी चालकलाई कारबाही गरेको छ।
बिहीबार बिहानसम्म गरिएको ट्राफिक जाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने ५९ जना, सीसीटीभीमार्फत ५६ जना र रातोबत्ती उल्लंघन गर्ने ५० जना चालक कारबाहीमा परेका छन्।
त्यस्तै, तीव्र गतिमा सवारी चलाउने १००, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने १३, अवस्था ठीक नभएको सवारी चलाउने ३६ र एकतर्फी सडकमा नियम उल्लंघन गर्ने ६ जना कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरीका अनुसार अन्य विभिन्न कसुरमा ५२१ जना चालकलाई कारबाही गरिएको छ।
.gif)

.png)


