अमेरिकी राष्ट्रपति ट्रम्प बेइजिङमा
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनका राष्ट्रपति सी जिनपिङसँग उच्चस्तरीय वार्ताका लागि बेइजिङ आइपुगेका छन् । एयर फोर्स वानको विमान मार्फत राष्ट्रपति ट्रम्प दुई दिने भ्रमणका लागि बेइजिङमा ओर्लिएका हुन् ।
राष्ट्रपति ट्रम्पसँगै अमेरिकी अर्बपतिहरु एलोन मस्क, एनभिडियाका जेन्सेन हुआङ र बोइङका केली ओर्टबर्ग पनि बेइजिङ पुगेका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण गर्न लागेका हुन् । लामो उडानपछि अमेरिकी राष्ट्रपति ट्रम्प बेइजिङको समय अनुसार बुधबार ७ः५० मा बेइजिङ अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
विमानस्थलमा ट्रम्पको स्वागतका लागि चिनियाँ उपप्रधानमन्त्री हान चेङ पुगेका थिए। उनी सीका कूटनीतिक दूतका रुपमा चिनिन्छन्। जो गत वर्ष ट्रम्पको शपथ समारोहमा पनि सहभागी भएका थिए।
भ्रमणमा व्यापारको मुद्दा प्रमुख एजेन्डा रहने बताइएको छ। ट्रम्पले आफ्नो ‘सबैभन्दा पहिलो अनुरोध’ चीनलाई आफ्नो बजार ‘खुला गर्न’ हुने बताएका छन् । करिब नौ वर्षपछि अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण हो भने सन् २०१७ को नोभेम्बरपछि ट्रम्पको यो दोस्रो भ्रमण हो । दुई नेताबीच द्विपक्षीय सम्बन्ध र विश्व शान्ति र विकासका प्रमुख विषयमा गहन छलफल हुने चीनको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
.jpg)

.gif)

.png)


