रास्वपामा डा. स्वर्णिम वाग्लेलाई सर्वाधिक मत


२०८३ असार ११ बिहीबार २०:३४ बजे

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत जारी केन्द्रीय सदस्यको निर्वाचनमा डा. स्वर्णिम वाग्लेले सर्वाधिक मत प्राप्त गरेका छन्। चितवनको भरतपुरमा सम्पन्न मतदानको मतगणनाको अन्तिम परिणाम अनुसार वाग्लेले २६५६ मत ल्याएर शीर्ष स्थान हासिल गरेका हुन्।

निर्वाचनमा प्रवासमा रहेका प्रतिनिधिहरूको तर्फबाट डा. वाग्लेले शतप्रतिशत मत पाएका थिए। रास्वपाको यस महाधिवेशनमा ९९ जना केन्द्रीय सदस्य चयनका लागि मतदान भएको थियो। पहिलो चरणको केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भएसँगै अब पार्टीले दोस्रो चरणमा पदाधिकारी चयनको प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७