नेपालमा कम्युनिस्ट आन्दोलन मरिसक्यो, पुनर्गठनको आवश्यकता छ : जनार्दन शर्मा


२०८३ असार १५ सोमबार १५:५२ बजे

काठमाडौँ :  प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले नेपालमा कम्युनिस्ट आन्दोलनले आफ्नो सान्दर्भिकता गुमाइसकेको बताएका छन्। सोमबार पूर्वप्रधानमन्त्री झलनाथ खनालद्वारा लिखित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय जनवाद’ शीर्षकको पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै नेता शर्माले हाल नेपालमा कम्युनिस्ट आन्दोलन जीवित नरहेको दाबी गरेका हुन्।

कार्यक्रममा बोल्दै उनले नेपालका कम्युनिस्ट पार्टीहरूमा नेताहरू मात्र बाँकी रहेको र आन्दोलन मृतप्रायः भइसकेको टिप्पणी गरे। उनले भने, “नेपालमा कम्युनिस्ट आन्दोलन जीवित छैन, केवल नेताहरू मात्र जीवित छन्। एक समय यहाँ ७० प्रतिशत वामपन्थी, प्रगतिशील र देशभक्तहरूको जनमत थियो, तर अहिले त्यो पूर्ण रूपमा विघटन भइसकेको छ।”

पार्टीका नाममा हालसम्म गरिएका अभ्यासहरूको समीक्षा गर्दै उनले अब नयाँ ढंगले अघि बढ्नुपर्नेमा जोड दिए। उनले थपे, “कम्युनिस्ट पार्टीको नाममा हामीले जे-जस्ता गतिविधि गर्यौँ, त्यसको वर्तमान अवस्थालाई हेर्ने हो भने आन्दोलन जीवित छैन। यसलाई पुनर्जीवन दिन अब नयाँ अभियानसहितको पुनर्गठनको आवश्यकता छ।”

नेता शर्माले कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्नका लागि वैज्ञानिक समाजवादी धाराको दृष्टिकोण, वैचारिक स्पष्टताका साथै आर्थिक, सामाजिक र न्यायको मुद्दाहरूलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए। उनले पुरानो शैलीको राजनीतिले अब काम नगर्ने भन्दै नयाँ वैचारिक दृष्टिकोणसहितको पुनर्गठन आजको मुख्य कार्यभार भएको प्रस्ट पारे।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७