बालेन विदेशी शक्तिको ‘प्रोजेक्ट’ हुन्: दुर्गा प्रसाईं

‘दसैँसम्म टिकाओ, जुन बाटो आएका हौँ त्यही बाटो जान्छौ’


२०८३ असार २८ आइतबार १७:२२ बजे
फाइल तस्बिर

काठमाडौँ : मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईंले प्रधानमन्त्री बालेन साह विदेशी शक्तिको योजनामा सत्तामा पुगेको दाबी दोहोर्याएका छन्। त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिई प्रहरीले घर पुर्‍याएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले बालेन साहको प्रधानमन्त्री बन्ने यात्रा पूर्वनियोजित भएको आरोप लगाएका हुन्।

प्रसाईंले सन् २०१९ देखि नै बालेन साहलाई प्रधानमन्त्री बनाउने गरी 'प्रोजेक्सन' गरिएको जिकिर गरेका छन्। 'फुत्त २०१९ मा तयार गरेर गोविन्द केसीलाई ल्याइयो, उज्ज्वल थापालाई अघि बढाइयो। २०१९ मै बालेनलाई रेडी गरेर २०२१ मा मेयर बनाइएको हो। त्यतिखेरै २०२६ मा प्रधानमन्त्री बनाउने गरी प्रोजेक्सन गरिएको थियो,' उनले भने।

लामो राजनीतिक संघर्ष गरेका नेताहरूलाई पाखा लगाएर बालेन साहलाई सत्तामा पुर्‍याइएको भन्दै उनले बालेनको नियन्त्रण अर्कैको हातमा रहेको दाबी गरे। "दिमाग र टाउको अर्कोको छ, हातखुट्टा मात्र उहाँको हो। उसले जे-जे भन्छ त्यही गर्नुपर्छ," उनले आक्रोशित हुँदै भने।

वर्तमान सरकारको आयु दसैँसम्म मात्र रहेको चेतावनी दिँदै प्रसाईंले भने, 'दसैँसम्म टिकाओ, जुन बाटो आएका हौँ, त्यही बाटो जान्छौ।' बालेन सरकारले 'अल्गोरिदम' कब्जा गरेर फाँसीवाद लाद्न खोजेको आरोप लगाउँदै उनले आफूलाई 'भँडुवा' भन्दै धरपकड गर्नुको कुनै अर्थ नभएको जिकिर गरे। वर्तमान व्यवस्थाले नागरिकलाई आफैँमाथि पेट्रोल खन्याएर मर्न बाध्य बनाएको भन्दै उनले आफ्नो अभियानले छिट्टै सार्थकता पाउने दाबी गरे।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७