हाम्रो विरुद्ध अमेरिकालाई सैन्य अड्डा प्रयोग गर्न दिने खाडी मुलुकमाथि आक्रमण गर्नेछौं: इरान


२०८३ असार २९ सोमबार १०:३० बजे

काठमाडौं :  इरानले आफ्नाविरुद्ध हुने कुनै पनि सैन्य कारबाहीमा सहयोग पुर्‍याउने खाडी मुलुकहरूमाथि कडा प्रहार गर्ने चेतावनी दिएको छ। अमेरिकालाई आफ्नो भूमि वा सैन्य अड्डा प्रयोग गर्न दिने खाडी मुलुकहरू अब इरानको प्रत्यक्ष निशानामा पर्ने चेतावनी तेहरानले दिएको हो।

अमेरिकी आक्रमणको पछिल्लो घटनापछि सोमबार इरानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस्तो कडा अभिव्यक्ति दिएको बीबीसीले जनाएको छ।

इरानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा छिमेकी राष्ट्रहरूको दायित्व आक्रमणकारी देशलाई आफ्नो भूमि वा सैन्य अड्डा प्रयोग गर्न नदिनु रहेको उल्लेख छ। मन्त्रालयले स्पष्ट शब्दमा भनेको छ, 'हाम्रो विरुद्ध हुने कुनै पनि आक्रमणमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग वा संलग्न हुने जुनसुकै स्थानलाई हाम्रो सेनाले जवाफी कारबाहीमा निशाना बनाउनेछ।'

इरानले युद्धविराम सम्झौता भएको २५ दिन मात्र पुग्दा अमेरिकाले सम्झौताका अधिकांश प्रावधानहरूको खुलेआम उल्लंघन गरेको आरोप लगाएको छ। अमेरिकी आक्रमणका कारण इरानको यातायात सञ्जाल, माछा मार्ने डुंगा, मालवाहक जहाज, मौसम विभागका भवन तथा अन्य महत्वपूर्ण सरकारी संरचनाहरूमा क्षति पुगेको जनाउँदै इरानले यसलाई ‘गम्भीर युद्ध अपराध’ को संज्ञा दिएको छ।

मध्यपूर्वमा बढ्दो यो तनावले क्षेत्रीय सुरक्षामा गम्भीर प्रश्न खडा गरेको छ। खाडी राष्ट्रहरूले यस चेतावनीलाई कसरी लिन्छन् र आगामी दिनमा क्षेत्रीय शक्ति सन्तुलनमा कस्तो प्रभाव पर्छ भन्ने चासोको विषय बनेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७