भारतबाट नेपाल छिर्न परिचयपत्र अनिवार्य


२०८३ श्रावण १५ शुक्रबार १०:४८ बजे

जनकपुरधाम । सर्लाही जिल्ला सुरक्षा समितिले भारतबाट नेपाल प्रवेश गर्ने सबै यात्रुले अनिवार्य रूपमा आधिकारिक परिचयपत्र देखाउनुपर्ने निर्णय गरेको छ।

शान्ति–सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै छिमेकी भारतबाट सीमा नाकामार्फत नेपाल प्रवेश गर्ने सबै यात्रुलाई आफ्नो परिचय खुल्ने आधिकारिक परिचयपत्र प्रस्तुत गरेपछि मात्रै प्रवेश गर्न दिइने निर्णय गरिएको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिए।

उनका अनुसार सीमामा सुरक्षा जाँचसमेत कडा पारिएको छ। यता, बिहीबार साँझसम्म सर्लाहीमा शान्ति–सुरक्षाको अवस्था सामान्य रहे पनि शुक्रबार सदरमुकाम मलंगवामा बजार बन्द गरिएको छ। विभिन्न स्थानमा प्रदर्शन भइरहेका कारण सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७