मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा अनिश्चितकालका लागि स्थगित
काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले मधेश प्रदेशका ११ वटा परीक्षा केन्द्रमा पूर्वनिर्धारित एमबीएस परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको छ।
त्रिविका अनुसार स्थगित गरिएका परीक्षा केन्द्रहरूमा रामस्वरुप रामसागर बहुमुखी क्याम्पस (जनकपुर), सर्लाही क्याम्पस (मलंगवा), जनज्योति बहुमुखी क्याम्पस (लालबन्दी), सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस (सिरहा), जेएस मुरारका बहुमुखी क्याम्पस (लहान), महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस (राजविराज), नेशनल पिपुल कलेज (कञ्चनपुर, सप्तरी), जनज्योति बहुमुखी क्याम्पस (चन्द्रनिगाहपुर), गौरीशंकर यादव रौतहट क्याम्पस (गौर), सिमरा कलेज (बारा) र ठाकुरराम बहुमुखी क्याम्पस (वीरगञ्ज) रहेका छन्।
यीबाहेकका अन्य सबै परीक्षा केन्द्रमा भने पूर्वनिर्धारित तालिकाअनुसार परीक्षा सञ्चालन हुने त्रिविले जनाएको छ। त्रिविका सहायक डिन डा. भरत राईद्वारा जारी सूचनाअनुसार स्थगित परीक्षाको नयाँ तालिका यथाशीघ्र सार्वजनिक गरिनेछ।

.gif)

.png)

