नेपालको विपत्तिमा बार्सिलोनाको खेलाडीले गरे एक मिनेट मौनधारण


२०८३ भदौ १२ शुक्रबार ०९:०५ बजे

काठमाडौं : नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै स्पेनिस क्लब बार्सिलोनाका खेलाडीले खेलअघि एक मिनेट मौनधारण गरेका छन्। बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा एथलेटिक क्लबसँगको खेल सुरु हुनुअघि खेलाडीहरूले नेपाल र चीनको सीमामा आएको बाढीबाट पीडित तथा गत सिजन निधन भएका क्लबका सदस्यहरूको सम्झनामा मौनधारण गरेका हुन्।

क्लबले सामाजिक सञ्जाल ‘एक्स’मार्फत तस्बिर सार्वजनिक गर्दै मौनधारणबारे जानकारी दिएको छ। बार्सिलोनाले बाढीबाट प्रभावितहरूप्रति सम्मान र सहानुभूति प्रकट गर्दै उनीहरूको सम्झनामा मौनधारण गरिएको जनाएको छ। मौनधारणपछि भएको खेलमा बार्सिलोनाले एथलेटिक क्लबलाई २–० ले पराजित गरेको छ। बार्सिलोनाका लागि राफिन्हाले ३७औँ र फेमिन लोपेजले ८२औँ मिनेटमा गोल गरे।

यस खेलसँगै विश्वकपपछि म्यानचेस्टर सिटीबाट बार्सिलोना आएका रोड्रीले पनि नयाँ क्लबबाट डेब्यू गरेका छन्। उनी खेलको ६२औँ मिनेटमा मैदान प्रवेश गरेका थिए। बार्सिलोनाले जारी सिजनका सुरुवाती दुवै खेलमा जित हात पार्दै उत्कृष्ट सुरुवात गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७