ब्रड पिक हिमपहिरो : चार आरोहीको शव फेला


२०८३ श्रावण १५ शुक्रबार १२:१९ बजे

काठमाडौं :  पाकिस्तानको काराकोरम हिमश्रृङ्खलामा पर्ने ८,०४७ मिटर अग्लो ब्रड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेका १० पर्वतारोहीमध्ये चार जनाको शव फेला परेको छ।

सीएनएनका अनुसार अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इरफान अर्शद खानले उद्धार टोलीले हालसम्म चार जनाको शव फेला पारेको पुष्टि गरेका छन्। यद्यपि, ती शवहरूको औपचारिक पहिचान अझै हुन बाँकी रहेको उनले बताएका छन्।

हिमपहिरोमा बेपत्ता हुनेहरूमा विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जासहित ६ नेपाली, अमेरिकी नागरिक म्यालोरी गाइस तथा ओमान र पाकिस्तानका एक–एक पर्वतारोही रहेका छन्।

यसैबीच, अल्पाइन क्लब अफ पाकिस्तानका महासचिव अयाज अहमद शिग्रीले जीपीएस संकेतका आधारमा थप चार पर्वतारोहीको सम्भावित स्थान पहिचान गरिएको जानकारी दिएका छन्। ती स्थानमा पुग्न उद्धार अभियान जारी रहेको बताइएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७