पहिलो हाफमा स्पेनले फ्रान्सविरुद्ध अग्रता
काठमाडौं । फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा पहिलो हाफ सकिँदा स्पेनले फ्रान्सविरुद्ध १–० को अग्रता बनाएको छ।
अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा जारी खेलको २२औँ मिनेटमा मिकेल ओयार्जाबलले पेनाल्टीमार्फत गोल गर्दै स्पेनलाई अग्रता दिलाएका हुन्।
स्पेनले २०औँ मिनेटमा पेनाल्टीको अवसर पाएको थियो। फ्रान्सका डिफेन्डर लुकास डिग्नेले पेनाल्टी क्षेत्रभित्र लामिन यामाललाई लडाएपछि रेफ्रीले स्पेनलाई पेनाल्टी दिएका थिए। उक्त अवसरलाई ओयार्जाबलले सफलतापूर्वक गोलमा परिणत गरे।
पहिलो हाफभर स्पेनले खेलमा राम्रो नियन्त्रण कायम राख्यो। बल पोजिसनमा पनि स्पेन फ्रान्सभन्दा अगाडि देखियो भने फ्रान्सले केही अवसर सिर्जना गरे पनि बराबरी गोल फर्काउन सकेन।
अब दोस्रो हाफमा फ्रान्स पुनरागमनको प्रयासमा हुनेछ भने स्पेन आफ्नो अग्रता जोगाउँदै फाइनल यात्रा सुनिश्चित गर्ने लक्ष्यमा मैदान उत्रिनेछ।
.gif)

.png)



