संसद्लाई बिजनेसको अभाव:

प्रतिनिधिसभा बैठक दुई साताका लागि स्थगित


२०८३ असार ३१ बुधबार १९:०५ बजे

काठमाडौं : सरकारले संसद्लाई आवश्यक 'बिजनेस' (विधेयक वा कार्यसूची) उपलब्ध गराउन नसकेपछि प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित गरिएको छ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले बैठक साउन १४ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको जानकारी गराएका हुन्।

बैठक स्थगित हुनुअघि सभामुख अर्यालले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए। उक्त बैठकमा सरकारले संसद्मा छलफलका लागि कुनै पनि बिजनेस नदिएको जानकारी सभामुखले गराएपछि दलहरूबीच बैठक स्थगित गर्ने सहमति बनेको थियो।

संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतकहरूले उक्त निर्णयमा सहमति जनाएका थिए। संसद्को कामकारबाही सञ्चालनका लागि आवश्यक विधेयक वा प्रस्ताव नहुँदा बैठक बस्न नसक्ने अवस्था आएपछि दलहरूले यस्तो निर्णय लिएका हुन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७