बैंक तथा वित्तीय संस्थासम्बन्धी एकीकृत निर्देशन संशोधन
काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका लागि जारी एकीकृत निर्देशन, २०८२ मा संशोधन, परिमार्जन तथा नयाँ व्यवस्था थप गरेको छ। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई पत्र पठाउँदै एकीकृत निर्देशनमा संलग्न तालिकाबमोजिम संशोधन तथा परिमार्जन गरिएको जानकारी दिएको हो।
राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी एकीकृत निर्देशनमा आवश्यक संशोधन तथा नयाँ व्यवस्था थप गरेको जनाएको छ। एकीकृत निर्देशन बैंक तथा वित्तीय संस्थाको सञ्चालन, नियमन तथा वित्तीय अनुशासनसँग सम्बन्धित विभिन्न व्यवस्था कार्यान्वयन गर्ने प्रमुख आधार हो। त्यसैले निर्देशनमा गरिएका संशोधनले सम्बन्धित बैंक तथा वित्तीय संस्थाको कामकारबाही तथा आन्तरिक प्रक्रियामा प्रभाव पार्नेछ।
राष्ट्र बैंकले सम्बन्धित संस्थालाई पठाएको पत्रमा संशोधित विषयहरूको विस्तृत विवरण भने उल्लेख गरेको छैन। कुन प्रावधान संशोधन वा परिमार्जन गरिएको छ तथा के–कस्ता नयाँ व्यवस्था थपिएका छन् भन्ने विवरण पत्रसँग संलग्न तालिकामा राखिएको छ।
सम्बन्धित बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट जारी संशोधित निर्देशन र संलग्न तालिकामा उल्लेखित व्यवस्थाअनुसार आवश्यक प्रक्रिया अघि बढाउनुपर्नेछ। राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रको नियमनलाई समयानुकूल बनाउँदै वित्तीय प्रणालीलाई व्यवस्थित, पारदर्शी र अनुशासित बनाउन समय–समयमा एकीकृत निर्देशन संशोधन गर्दै आएको छ।
.gif)

.png)


