प्रदेशमा एमालेसँगको सत्ता सहकार्य तोड्दै कांग्रेस
नेकपासँग नयाँ समीकरणको कसरत
काठमाडौं : नेपाली कांग्रेसले सातवटै प्रदेशमा नेकपा (एमाले) सँगको सत्ता सहकार्य अन्त्य गर्ने तयारी गरेको छ । हालको सत्ता समीकरण मुलुक र पार्टीको हितमा उपयुक्त नभएको निष्कर्ष निकाल्दै कांग्रेसले एमालेसँगको गठबन्धनबाट बाहिरिने औपचारिक तयारी गरेको हो।
पार्टीका एक उच्च पदाधिकारीका अनुसार एमालेसँगको सहकार्यको विकल्प खोज्ने विषयमा कांग्रेसले ठोस निष्कर्ष निकालिसकेको छ। बुधबार मात्रै कर्णाली प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन् भने सुदूरपश्चिम प्रदेश सरकारमा एमालेका मन्त्रीहरूलाई बर्खास्त गरिएको छ।
हाल कांग्रेस नेतृत्वमा मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश रहेका छन् भने कोशी, लुम्बिनी र कर्णाली प्रदेशमा एमाले नेतृत्वको सरकार छ। प्रदेशस्तरमा देखिएको यस प्रकारको राजनीतिक अस्थिरता र खटपटले सहकार्यको औचित्य समाप्त भएको कांग्रेसको बुझाइ छ।
एमालेसँगको सहकार्य तोडेसँगै कांग्रेसले अब नयाँ सत्ता समीकरणका लागि नेकपासँग औपचारिक छलफल अघि बढाएको छ। नेताहरूका अनुसार नेकपासँग सहमति जुटेको खण्डमा कांग्रेस प्रदेश सरकारमा सहभागी हुनेछ, अन्यथा प्रतिपक्षमा बस्ने तयारी गरेको छ। कांग्रेसले आज र भोलिभित्रै यस विषयमा थप स्पष्ट निर्णय सार्वजनिक गर्ने बुझिएको छ।
.gif)

.png)

