एमाले उपाध्यक्ष पौडेल साधारण तारेखमा रिहा
काठमाडौं : नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल साधारण तारेखमा रिहा भएका छन्। विशेष अदालतको आदेशपछि उनी शुक्रबार तारेखमा छुटेका हुन्।
न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले गरेको सुनुवाइपछि पौडेललाई साउन २८ गतेको तारेख तोकेर छाड्न आदेश दिएको हो।
अदालतले जारी गरेको आदेशमा भनिएको छ, 'तत्काल प्राप्त प्रमाणहरूबाट विष्णुप्रसाद पौडेलको आरोपित कसुरमा संलग्नता पुष्टि हुन सकेको छैन। साथै, सह-प्रतिवादी दीपक भट्टसँगको वित्तीय कारोबारबाट उनले कुनै सम्पत्ति वा लाभ प्राप्त गरेको पनि नदेखिएकाले विशेष अदालत ऐन, २०५९ को दफा ७ को (ग) बमोजिम उनलाई साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश दिइएको हो।'
आरोप अस्वीकार गर्दै आएका पौडेलले अदालतको आदेशसँगै अब सोही अनुसारको तारेखमा रहेर मुद्दाको प्रक्रिया अघि बढाउनेछन्।
.gif)

.png)

