पुँजी बजार, धितोपत्र र बीमा क्षेत्रका सरोकारवालाहरूसँगको छलफलमा प्रधानमन्त्री


२०८३ श्रावण ४ सोमबार ११:१६ बजे

काठमाडौं :  प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आज पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग महत्वपूर्ण छलफल गर्ने भएका छन्। मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा अर्थतन्त्रका यी दुवै क्षेत्रका प्रमुख व्यक्तिहरूको सहभागिता रहनेछ।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेप्सेका अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल, नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठसहित प्रियाराज रेग्मी र अम्बिकाप्रसाद पौडेल सहभागी हुनेछन्।

बैठकमा देशको पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रको सुदृढीकरण, नीतिगत सुधारका प्रयासहरू र समग्र राष्ट्रिय अर्थतन्त्रका समसामयिक विषयहरूमा केन्द्रित रहेर विस्तृत छलफल हुनेछ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७