चिकित्सकमाथि आक्रमणको विरोधमा दोस्रो दिन पनि देशभरका अस्पताल ठप्प


२०८३ श्रावण १३ बुधबार ११:२८ बजे

काठमाडौं :  नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा देशभरका अस्पतालहरूमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा दोस्रो दिन पनि बन्द भएका छन्।

नेपाल चिकित्सक संघको आह्वानमा जारी आन्दोलनका कारण ओपीडी, नियमित स्वास्थ्य परीक्षण, शल्यक्रियालगायतका सेवा पूर्ण रूपमा प्रभावित बनेका छन्।

सेवा बन्द भएपछि उपचारका लागि अस्पताल पुगेका धेरै बिरामी उपचार नपाई घर फर्किन बाध्य भएका छन्। आकस्मिक सेवाबाहेकका स्वास्थ्य सेवा ठप्प हुँदा देशभरका अस्पतालमा बिरामी तथा सेवाग्राही प्रभावित भएका छन्।

वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पताल परिसरमा भएको तोडफोडमा संलग्न दोषीलाई कारबाही गर्न सरकार उदासीन बनेको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनलाई निरन्तरता दिएको हो।

संघले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको सुनिश्चितता, दोषीमाथि कडा कानुनी कारबाही र स्वास्थ्य संस्थामा सुरक्षित वातावरण निर्माणको माग गर्दै सेवा बन्दको कार्यक्रम घोषणा गरेको जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७