सर्लाही र सिरहामा तनाव, कर्फ्यू आदेश


२०८३ श्रावण १४ बिहीबार १५:०१ बजे
फाइल तस्बिर

सर्लाही :  सुनसरीको कप्तानगञ्जमा भएको घटनाको प्रभाव सर्लाही र सिरहामा समेत परेको छ । सर्लाहीमा दुई समूहबीच झडप हुँदा ११ वटाभन्दा बढी मोटरसाइकलमा आगजनी भएको छ ।

आगलागीबाट ती सबै मोटरसाइकल पूर्ण रूपमा नष्ट भएका छन् । गोलबजार नगरपालिकाको दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको जनाइएको छ । घटनापछि स्थानीय प्रशासनले सम्बन्धित क्षेत्रमा कर्फ्यू आदेश जारी गरे पनि सडकमा प्रदर्शन रोकिएको छैन । सुरक्षाकर्मी परिचालन गरेर अवस्था नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

यसैबीच, सुनसरीको कप्तानगञ्ज घटनालाई लिएर प्रदर्शन हुन थालेपछि सिरहामा पनि कर्फ्यू आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले बिहीबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लागू गरेको जनाएको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जारी गरेको सूचनाअनुसार गोलबजार नगरपालिका क्षेत्रका विभिन्न स्थानमा कर्फ्यू आदेश लागू गरिएको हो ।

कर्फ्यू क्षेत्रअन्तर्गत पूर्व–पश्चिम राजमार्गको पूर्वतर्फ गोलबजार नगरपालिका–३ स्थित कसहा खोलादेखि पश्चिमतर्फ गोलबजार नगरपालिकाको चोहर्वा चोकसम्म, उत्तरतर्फ गोलबजार–६ को सैनिक चोकदेखि दक्षिणतर्फ गोलबजार–४ स्थित राप्र बहुमुखी क्याम्पस आसपासको क्षेत्र समेटिएको छ ।

सुनसरीको घटनापछि विभिन्न जिल्लामा प्रदर्शन फैलिन थालेपछि स्थानीय प्रशासनहरूले शान्ति–सुरक्षा कायम गर्न कर्फ्यू आदेश जारी गर्दै आएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७