साढे ५२ लाख नगदसहित चार पक्राउ
काठमाडौं : पर्सामा स्रोत नखुलेको साढे ५२ लाख रुपैयाँ नगदसहित चार जना पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१० आदर्शनगरबाट प्रहरीले दुई वटा मोटरसाइकलमा सवार चार जनालाई ५२ लाख ५० हजार रुपैयाँ नगदसहित पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी चक्रबहादुर मल्लका अनुसार सोमबार राति विशेष सूचनाका आधारमा खटिएको प्रहरीले प्रदेश २–०३–००३ प ७२१५ र ना ५७ प ५१८२ नम्बरका मोटरसाइकलमा सवार उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा भारतको बिहार, सितामढीका २६ वर्षीय सुरज कर्ण, पर्साका २५ वर्षीय राहुल गुप्ता, बाराका ३२ वर्षीय उपेन्द्र साह र २६ वर्षीय सागरकुमार सर्राफ रहेका छन्।
प्रहरीले उनीहरूबाट बरामद रकमको स्रोत खुलेको छैन। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
.gif)

.png)

