नाइमा मोबिलिटी एक्स्पोमा टाटाका नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

के–के छन् सुविधा ?


२०८३ श्रावण २७ बुधबार ०९:१० बजे

काठमाडौं : टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा नयाँ पञ्च ईभी  र नयाँ टियागो ईभी सार्वजनिक गरेको छ।

नयाँ पञ्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकले भने विशेष अफरअन्तर्गत ३२ लाख ९९ हजार रुपैयाँमै पञ्च ईभी खरिद गर्न सक्नेछन्।

त्यस्तै, नयाँ टियागो ईभीको सुरुवाती मूल्य २८ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। एक्स्पोमा यी दुवैमध्ये कुनै गाडी बुकिङ गर्ने ग्राहकलाई कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी सुविधा उपलब्ध गराएको जनाएको छ।

गाडी सार्वजनिक कार्यक्रममा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा पछिल्लो प्रविधिसहितका विद्युतीय सवारीसाधन भित्र्याउन कम्पनी प्रतिबद्ध रहेको बताए। नयाँ पञ्च ईभी र टियागो ईभीको सार्वजनिकरणले कम्पनीको प्रतिबद्धतालाई थप पुष्टि गरेको उनको भनाइ थियो।

उनका अनुसार दुवै मोडल फरक–फरक ग्राहकको आवश्यकता पूरा गर्ने गरी विकास गरिएको छ।

सिप्रदीले विद्युतीय सवारीसाधनको बिक्रीसँगै आवश्यक पूर्वाधार निर्माण र सेवा सञ्जाल विस्तारलाई समेत प्राथमिकता दिएको जनाएको छ। सिप्रदी ट्रेडिङका चीफ अपरेटिङ अफिसर राजेशप्रसाद गिरीले ईभीसम्बन्धी सेवा विस्तारलाई कम्पनीले निरन्तरता दिइरहेको बताए।

कम्पनीका अनुसार हाल २१ भन्दा बढी ईभी सर्भिस सेन्टर, ४० वटा डीसी चार्जिङ प्वाइन्ट र १५० भन्दा बढी एसी चार्जिङ प्वाइन्ट सञ्चालनमा छन्।

नयाँ पञ्च ईभीमा के–के छन् सुविधा ?

नयाँ पञ्च ईभी अत्याधुनिक ‘एक्ट.इभी’ प्लेटफर्ममा आधारित रहेको कम्पनीले जनाएको छ। यसमा ३२ किलोवाट आवर र ४० किलोवाट आवर क्षमताका दुई ब्याट्री विकल्प उपलब्ध छन्।

नेपालका विभिन्न सडकमा गरिएको परीक्षणअनुसार पञ्च ईभीले एकपटक पूर्ण चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ।

गाडीमा १९५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स, बीएनसीएपी ५-स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५ सीडीसी फास्ट चार्जिङ, भ्वाइस एक्टिभेटेड सनरुफ तथा २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट र डिजिटल ककपिट उपलब्ध छन्।

त्यस्तै, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेस पनि पञ्च ईभीका प्रमुख विशेषता हुन्।

नयाँ टियागो ईभीमा पनि आधुनिक सुविधा

दैनिक आवतजावतलाई सहज बनाउने उद्देश्यले ल्याइएको नयाँ टियागो ईभीमा नयाँ डिजाइन र आकर्षक रङका विकल्प उपलब्ध रहेको कम्पनीले जनाएको छ।

टियागो ईभीमा ३६० डिग्री एचडी क्यामेरा प्रणाली, २६.०३ सेन्टिमिटरको इन्फोटेनमेन्ट सिस्टम र ६ वटा एयरब्यागलगायतका सुरक्षा तथा प्रविधिसम्बन्धी सुविधा समावेश छन्।

कम्पनीले नयाँ पञ्च ईभी र टियागो ईभीमार्फत नेपाली बजारमा विद्युतीय सवारीसाधनको विकल्प थप विस्तार हुने अपेक्षा गरेको जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७